You are here:: समाचार ‘प्रत्यक्ष निर्वाचित जो पनि निरंकुश’
 
 

‘प्रत्यक्ष निर्वाचित जो पनि निरंकुश’

E-mail Print PDF
User Rating: / 0
PoorBest 

काठमाडौं, वैशाख ७– वैशाख नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति जो भए पनि निरंकुश हुने बताएका छन् । सिंहदरबारमा बिहीबार बसेको कांग्रेस—एमाले बैठकमा सभापति कोइरालाले आफूलाई वरिष्ठ नेता शेरबहादुर देउवाले ‘सभापति निरंकुश भयो भनिरहेको’ उल्लेख गर्दै जनताबाट प्रत्यक्ष चुनिएको व्यक्ति निरंकुश हुने दाबी गरेका छन् ।

नयाँ संविधानका विवादित विषयमा समान धारणा बनाउने प्रयासस्वरुप बसेको बैठकमा कोइरालाले निर्वाचित भएर आएको व्यक्ति केही न केही निरंकुश बन्ने दाबी गरे । कोइरालाले भने, ‘कांग्रेस, एमाले वा अन्य पार्टीबाट जो प्रत्यक्ष चुनिएर आउँछ, उ निरंकुश बनिहाल्छ ।’

काएरालले मिश्रित प्रणाली पनि चल्न नसक्ने तर्क गर्दै राष्ट्रपनि र प्रधानमन्त्रीमा अधिकारका विषयमा ‘टसल’ हुने धारणा राखे । उनका संसद्बाट निर्वाचित प्रधानमन्त्री र निर्वाचन मण्डलबाट चुनिने संवैधानिक राष्ट्रपति हुनुपर्ने अडान राखेका थिए । बैठकपछि कांग्रेस नेता अर्जुननरसिंह केसीले निरंकुशताको पुनरावृत्ति नहुने गरी र अस्थिरता पनि ननिम्तिने गरी राष्ट्रपति र प्रधानमन्त्रीको अधिकार बाँडफडको पक्षमा कांग्रेस रहेको बताए । उनले भने, ‘संसद्बाट निर्वाचित कार्यकारी प्रमुख प्रधानमन्त्री र निर्वाचित मण्डलबाट चुनिने राष्ट्रपति नै उपयुक्त विकल्प हो ।’

एमाले नेताहरुले पुरानै संसदीय व्यवस्थाले मुलुकमा अस्थिरता निम्त्याउने उल्लेख गर्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा आउन कांग्रेस नेताहरुलाई आग्रह गरेका थिए ।
एमाले नेता सुरेन्द्र पाण्डेले बैठकमा कांग्रेस सभापति प्रत्यक्ष निर्वाचित व्यक्ति निरंकुश हुने र मिश्रित पनि चल्दैन भन्ने धारणा राखेको जानकारी दिए । नेता पाण्डेले भने, ‘कि तपाईहरु माओवादीलाई आफ्नो एजेन्डमा मनाउनुस्, होइन भने तपाईहरु एमालेको एजेन्डमा आउनुप¥यो भन्यौं ।’

पाण्डेका अनुसार ६ असार देखि ८ प्रदेश बनाउन प्रमुख दलहरुबीच सहमति भएकोले सेती, महाकाली र कर्णालीलाई दुइप्रदेश मात्र बनाउँदा सात प्रदेश बनाउन सकिनेमा दुई  दल एकमत भएका छन् । तर, विकल्पका रुपमा पहिचानको साझा अर्थसहितको बाटो खोज्ने निष्कर्ष निकालिएको छ । ‘पहिचानभित्र पनि भाषा, धर्म, संस्कृति र चाडपर्वलाई समेत आधार मानेर पहिचानको साझा अर्थ खोज्ने कुरा भएको छ,’ पाण्डेले भने । 

(स्रोत ः सौर्य समाचार दैनिक २०६९ वैशाख ८)

 
 

Comments

 
 
Follow us on Twitter