You are here:: समाचार फोटोसहितको नामावली अद्यावधिक गरिने
 
 

फोटोसहितको नामावली अद्यावधिक गरिने

E-mail Print PDF
User Rating: / 0
PoorBest 

विराटनगर, २८ चैत । जिल्ला निर्वाचन कार्यालय मोरङले फोटोसहितको मतदाता नामावली अद्यावधिक वैशाखबाट शुरु गर्ने भएको छ । मंगलबार विराटनगरमा निर्वाचन कार्यालयले आयोजना गरेको कार्यक्रममा मतदाता नामावलीको अद्यावधिक गरिनेबारे जानकारी दिइएको हो ।

निर्वाचन अद्यावधिक आगामी वैशाख २ गतेबाट सुरु गरिने जनाएको छ । कार्यक्रममा नामावलीमा नाम समावेश गर्ने, त्रुटि सच्याउने र नाम हटाउने काम सुरु गरिन लागेको जिल्ला निर्वाचन कार्यालय मोरङका प्रमुख विनोद दाहालले बताए । विराटनगर उपमहानगरपालिकाभित्र मात्र १९ सय ४४ जनाको नामावली फरक स्थान गर्न गएर बिग्रिएको जानकारी दिए । दाहालले बिग्रिएको नामावली सच्याउन मोरङका ४६ वटै गाविसमा पठाइसकेको उल्लेख गरे । हालसम्म मोरङमा फोटोसहितको मतदाता नामावली ४ लाख १९ जना छन् ।

(स्रोतः कारोवार दैनिक, चैत ३०, २०६८)

 
 

Comments

 
 
Follow us on Twitter