यद्यपी, प्रहरी प्रमुख लम्सालले अनुसन्धान अझै जारी रहेको र घटनासँग सम्बन्धित फरार व्यक्ति मदन राइको खोजी भइरहेको जनाए । उनले राइको पक्राउपछि घटनाबारेमा थप कुरा पत्ता लगाउन सकिने बताए ।
अहिलेसम्मको अनुसन्धानमा प्रहरीले पत्रकारको हत्या सुनियोजित नभएको जनाएको छ ।
होटल व्यवसायी संघ झापाका पूर्व अध्यक्ष गिरी पत्रकार पौडेललाई सम्पादक बनाइ नयाँ वर्ष २०६९ को शुरुदेखि उज्ज्यालो पूर्व नामक पत्रिका निकाल्ने तयारीमा थिए ।
राजधानी दैनिक र एभेन्यूज टेलिभिजनका झापा जिल्ला रिपोर्टर राजन पौडेल यही चैत २१ गते राती होटल नजिकै मृत अवस्थामा फेला परेका थिए ।











