पोखराबाट प्रकाशित हिमदूत दैनिकका समाचारदाता गोविन्द सुवेदीलाई पत्रिका कार्यालयबाट घर फर्कदै गर्दा साँझ १०–१२ जनाको समूहले फागुन २८ गते आक्रमण गरी घाइते बनाए । कुटाइका कारण सुवेदीको खुट्टा र टाउकोमा चोटपटक लागेको छ ।
आक्रमणकारीले पत्रकार सुवेदीको फोन पनि लुटेर लगेको जनाइएको छ ।
आक्रमणबाट घाइते भएका पत्रकार सुवेदी सामान्य उपचारपछि अहिले घरमा आराम गरिरहेको पत्रिकाका सम्पादकले बताएका छन् ।
यसैबीच जिल्ला प्रहरी कार्यालय कास्कीले केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ ।
यस्ता घटनाले पत्रकारहरु आत्मनियन्त्रण (सेल्फ सेल्फ–सेन्सरसीप) बढेर जाने र व्यवशायिक मर्यादामा आँच आउन सक्दछ ।
पत्रकार सुवेदीमाथि भएको आक्रमण निन्दनीय छ । आक्रमण सुनियोजित देखिन्छ । अतः प्रहरी प्रशासनले निश्पक्ष छानबिन गरी दोषीमाथि तुरुन्त कारबाही गर्नु जरुरी हुन्छ ।











