Press Freedom Violation
पत्रकार झाको हत्या योजना खुलासा
कान्तिपुर तथा काठमाण्डू पोष्ट दैनिकका सुनसरी सम्वाददाता अवधेस कुमार झालाई सहायक प्रहरी निरीक्षक (सई) मनोज पौडेलले हत्या गर्ने योजना बनाएको खुलासा भएको छ । यही साउन ६ गते जिल्ला प्रहरी कार्यालय इनरुवाका सई पौडेलले इनरुवाको स्थानीय पसलमा विभिन्न व्यक्तिहरुसँग कुरा गर्दा र एक अपरिचित व्यक्तिसँग गरेको टेलिफोन सम्वादको अडियो रेकर्डिङ्का अनुसार सई पौडेलले पत्रकार झाको ज्यान लिने योजना बनाएको खुलासा भएको हो ।
Read more
सम्पादकको ज्यान लिने धम्की, पत्रिका बन्द
यही असार १७ गते एनेकपा–माओवादीका कार्यकर्ताले विराटनगरस्थित निगरानी दैनिकको प्रेसमा तोडफोड गरेका छन् ।
तोडफोडका कारण प्रेसको भ्याकुम र अपरेटिङ सिस्टम काम नलाग्ने भएका छन् । यस अघि, माओवादीका ती कार्यकर्ताले दैनिकको सम्पादक मण्डललाई ज्यान मार्ने धम्की र पत्रिका बन्द गर्नु पर्ने दबाब दिएका थिए ।
Read more
तोडफोडका कारण प्रेसको भ्याकुम र अपरेटिङ सिस्टम काम नलाग्ने भएका छन् । यस अघि, माओवादीका ती कार्यकर्ताले दैनिकको सम्पादक मण्डललाई ज्यान मार्ने धम्की र पत्रिका बन्द गर्नु पर्ने दबाब दिएका थिए ।
पत्रकार मण्डललाई ज्यान मार्ने धम्की
राजधानी दैनिक तथा एभेन्युज टेलिभिजनका महोत्तरी जिल्ला संवाददाता कमलेश मण्डललाई धनुषामा भएको बम विस्फोटबारे समाचार लेखेको भन्दै ज्यान मार्ने धम्की आएको छ ।
Read more
पत्रकार भट्टराईमाथि ज्यान लिने धम्की
कर्णाली मासिकका कालिकोट संवाददाता अर्जुन भट्टराईलाई जेठ ३२ गते एक अपरिचित व्यक्तिद्वारा पत्रकारिता गर्न जारी राखे ज्यान लिने धम्की आयो ।
Read more
प्रेसमाथिको आक्रमण जारी
केही हप्ता यता अधिकारका लागि संघर्षको नाममा जारी विभिन्न जनजातिका आन्दोलनमा प्रेस स्वतन्त्रता उल्लंघनका घटना जारी रहे । यहीक्रममा जेठ ११ गते पनि देशका विभिन्न स्थानमा प्रेस स्वतन्त्रता उल्लंघनका घटना घटे ।
मिडियामाथि सार्वजनिक धम्की
सम्पूर्ण नेपाली मिडियामाथि भएको सार्वजनिक धम्कीले यतिखेर धेरैको ध्यान खिचेकोे छ । आदिबासी जनजाति संयुक्त संघर्ष समिति र नेवा स्वायत्त राज्य मङ्का संघर्ष समितिले संयुक्तरुपमा जेठ १० गते राजधानीमा आयोजना गरेको कार्यक्रममा, नेवार समुदायका नेता मल्ल के सुन्दरले मिडियाले जातिय द्वेष फैलाएको आरोप लगाउँदै, सम्पूर्ण मिडियालाई जलाउनु पर्ने जिकिर गरे ।
Read more
पत्रकारमाथि आक्रमण, हातपात
थारुहट संयुक्त संघर्ष समितिले आयोजना गरेको आन्दोलनको क्रममा आन्दोलन समर्थन कर्ताहरुले कान्तिपुर दैनिककी बुटवल संवाददाता अमृता अनमोल र सोही दैनिकका क्यामेरापर्सन स्वस्तिक श्रेष्ठलाई जेठ ११ गते आन्दोलन रिपोर्टिङको क्रममा हातपात गरे ।
Read more
More Articles...
Page 1 of 8











