You are here:: विज्ञ विचार पत्रिकालाई ऐंठन
 
 

पत्रिकालाई ऐंठन

E-mail Print PDF
User Rating: / 0
PoorBest 

–राजेश कोइराला–*

गत जुलाई २३ मा ‘बोस्टोन ग्लोब’ दैनिकले आफ्नो सम्पादकीय र विज्ञापन शाखाका केही कर्मचारीलाई बिदा दियो । बिदा दिन सकिनेको संख्या पनि उल्लेख गर्दै उसले भन्यो, ‘न्यु इँग्ल्याण्डबाट निस्कने दैनिक पत्रिकामा अझै हाम्रो न्यूजरुम सबभन्दा ठूलो छ । हाम्रो हौसला उस्तै छ । प्रकाशक क्रिस्टोफर मायरले बिदा दिएका कर्मचारीहरुलाई मीठो भाषामा पत्र लेख्दै आफ्नो कार्यटोलीमा कटौती गरेको बताएका छन् ।

अमेरिकाको उत्तरपूर्वमा पर्ने  छ राज्यहरुः मेन, न्यू ह्यामसर, भर्मन्ट, म्यासाचुसेट्स, रोड आइल्याण्ड र कनेक्टीकटलाई सामूहिकरुमका न्यु इँग्ल्याण्ड भनिन्छ । बोस्टोन ग्लोबका कुल कर्मचारी संख्या अझै १ हजार ८ सय ८१ छन् । बोस्टन ग्लोब न्युयोर्क टाइम्सको सम्पत्ति हो । टाइस्सले यो पत्रिकालाई सन् १९९३ मा किनेको थियो ।

आफू बसेनजिक भएकाले यसको गतिविधि मैले नियालेको छु । विकसित देशहरुमा पत्रपत्रिकाको बिक्रि घट्ने समस्याले यसलाई पनि पिरोलेको छ । यही समस्याले गर्दा बोस्टोन ग्लोबले गत सेप्टेम्बरदेखि आफ्ना अनलाइन पाठकलाई शुल्क लगायो । बोस्टन ग्लोब अमेरिकाभर बिक्रि हुने पत्रिकाको सूचीमा २५औं छ । यसको दैनिक बिक्रि करिब २ लाख २० हजार छ भनें आइतबार करिब ३ लाख ५७ हजार छ ।

म्यासाचुसेट्सको राजधानी बोस्टन अमेरिकको २१ औं ठूलो चर्चित शहर पनि । स् २०१० को जनगणनाअनुसार बोस्टनमा ६ ला १७ अजार ५९४ जना बस्छन् । बोस्टन ग्लोब भने सहरमात्र सीमित छैन । बोस्टन आफैं न्यु इँग्लाण्डभर बोस्टन ग्लोबलाई राम्र अबबारकारुपमा हेरिन्छ । न्यु इँग्लण्डमा कुल डेढ करो्ड मासिन बस्छन् । यहाँ के उल्लेख गर्नु जरुरी छ भनें अमेरिकाको कुल जनसँख्या करिब ३१ करोड ट । (जनसँख्या नेपालभन्दा करिब दश गुणा र क्षेत्रफलमा चाहिबकं ६७ गुणा ठूलो छ, अमेरिका । )

बोस्टन ग्लोबका मात्र के कुरा यसको कम्पनी न्युयोर्क टाइम्स आफैं विज्ञापन दाताभन्दा पाठकका भरमा बाँचेको तथ्य सार्वजनिक भएको छ । जुलाई २६ का दिन न्युयोर्क टाइम्सको अनलाइनमा ‘जो कास्सरेल्ली’को एउटा पोष्टिङ गरिएको छ, ‘द न्युयोर्क टाइम्स इज नाव सपोर्टेड बाइ रिडर्स, नट एड्भर्टाइजर्स् (न्युयोक टाइम्स अब पाठकमा निर्भर छ, विज्ञापन–दातामा हैन । ) उक्त स्तम्भमा भनिएको छ, विज्ञापनको आय नियमितरुपमा घट्दो छ । यस बर्षको दास्रो चौमापिसक घाटा ८ करोड ८१ लाख डलर पुगेको छ । प्रिन्ट संस्करणको मूल्य बढाएरको र अनलाइन सशुल्क गरेकोले मात्र अलि सहुलियत पुगेको छ ।’ न्युयोर्क टाइम्स आफैले भनें सन २०११ मार्चमा अनलाइन पाठकहरुलाई शुल्क लिन थालेको छ । यस प्रकाशन गृहका डिजिटल पाठक ५ ला ९ हजार छन्, यो संख्या गत मार्चमा् ४ लाख ५४ जार थियो । यही वर्षको सुरुमा यसले आफ्नो छापा संस्करणको मूल्य पनि बढाएको हो ।

न्युयोर्क टाइम्स अमेरिकामा सहरी पाठकमाझ लोकप्रिय भए पनि समग्र छापा संस्करण बिक्रिमा बाल स्ट्रिट जर्नल र युएसएड टुडे पछि रहेर बढी बिक्रि हुनेमा तेश्रो छ । वाल स्ट्रिट जर्नालका समाचार वा अन्य सामग्री अनलाइनमा अहिलेसम्म निःशुल्क पाइराखिएको छ । टाइम्स अन्तर्गतका मुख्य अखबारहरुः न्युयोर्क टाइम्स, इन्टरनेसनल हेराल्ड ट्रिब्युन र बोस्टन ग्लोब हुन् ।

प्रविधिका कारण हाताहात पाइन थालेपछि अमेरिकाका सानाठूला सहरुहरुमा निस्कने कैयौं पत्रिकाहरु चाउरिएका छन् । कैयौं बन्द भएका छन् । पछिल्लोपटकको आर्थिक संकटले पनि पत्रिका उद्योगलाई निकै नराम्ररी थिल्थिल्याएको छ । सन् २००९ सुरुदेखि प्रविधि र आर्थिक संकटको असर पत्रिकामा परेको स्पष्ट देखिन्छ । अमेरिकामा सहरी क्षेत्रका कैयौं पत्रिका बन्द भएका छन् भनें कैयौं कर्मचारी कटौती गरेर जेनतेन धानिइरहेका छन् ।

समाचार–स्रोतका रुपमा केबुल टेलिभिजन, रेडियोको प्रभावकारिता बढेको छैन । तिनले धानेका मात्र छन् । म्यागजिनहरुको हालत पनि उस्तै छ । इन्टरनेटको भोक भनें बढेको छ । समाचार स्रोतकारुपमा इन्टरनेट अबको आधार बन्दै गएको छ । अखबारका कुरा भनें क्षितिजमा उज्योलो होइन, अँध्यारो ।

अमेरिकामात्र होइन, विश्वका अन्य विकसित देशमा यो क्रम बढ्दो छ । आखिर यसको अन्त्य के भन्ने प्रश्न चाहिं यथावतै छ । अमेरिकाको नर्थ क्यारोलिना युनिभसिंटिका प्राध्यापक फिलिप मायरले आफ्ना जीवनका करिब आधा समय पत्रपत्रिका उद्योगको अध्ययनमा बिताएका छन् । उनले भनेको छन्–‘पत्रपत्रिका पाठक यसरी नै घट्दै जाने हो भनें संसारको अन्तिम पत्रिका सन् २०४४ अक्टोबरमा निस्कने छ । त्यसपछि डाइनोसर । ’ उनले यसो भन्दा पनि यो प्रश्न यथावतै छ ।

(लेखक अमेरिकाबाट प्रकाशित हुने ‘अक्षरिका’ नेपाली न्युजलेटरका सम्पादक हुन् ।)

(स्रोतः नागरिक दैनिक, २५ साउन २०६९)

 
 

Comments

 
 
Follow us on Twitter