You are here:: नागरिक आवाज
 
 
नागरिक आवाज

प्रिया श्रेष्ठ: राजनीति र निर्वाचनमा चासो छैन

मलाई राजनीति र निर्वाचनमा कुनै पनि चासो छैन। मतदाता रजिष्ट्रेशन भन्ने पनि थाहा छैन। कसले यसको काम गर्छन् भन्ने पनि थाहा छैन। तर केही दिनअघि मेरा परिवारका सदस्यहरुसँग मलाई मतदाता परिचय पत्रका बारेमा भन्दै मेरो फोटो खिचिएको थियो। मैले मतदाता परिचय पत्र भने पाएकी छैन। किनकी मलाई कुनै विश्वास र लगाव पनि छैन। म निर्वाचन पनि मन पराउँदिन। हामी जस्ता सर्वसाधरणका लागि निर्वाचनले के नै फइदा पुग्छ  र? यो त सत्ताको लागि नेताहरुको लडाई मात्र हो। निर्वाचन भएर केही पनि राम्रो काम भएको छैन हाम्रो लागि। मैले अघिल्लो निर्वाचनमा पनि मतदान गरिनँ। मलाई कुनै चासो पनि छैन। निर्वाचन प्रणाली बारेमा किनकी नेपलाका मान्छे कुनै पनि किसिमले यसको उपयोगिता बुझ्न पाएका छैनन्। 

–प्रिया श्रेष्ठ, भक्तपुर कामजाजी महिला

Friday, 26 August 2011

रन्जन दाहाल: परिचय पत्र काठमाडौंबाटै लिन्छु

अहिलेसम्म मैले मतदाता परिचय पत्र लिनका लागि मतदाता रजिष्ट्रेशन गराएको छैन। केही दिनपछि काठमाडौंबाटै लिने विचार गरेको छु। मैले सुनेअनुसार निर्वाचन आयोगले अभियानकै रुपमा पहिलोपटक तस्वीरसहित औंला छाप लिएर यस किसिमको मतदाता परिचय पत्र दिने कार्यको शुरुवात गरेको हो। 

यो मतदाता परिचपत्रको प्रावधान सही मतदाताका लागि अति नै राम्रो व्यवस्था हो। यसले अर्कोको नाममा, वा मरेको व्यक्तिका नाममा मतदान गर्न सक्ने स्थितिलाई नियन्त्रण गर्न सहयोग पुग्छ। स्वच्छ र निष्पक्ष निर्वाचनका लागि यस किसिमको प्रावधान अनिवार्य नै हुन्छ। साथै यसले जनतालाई निर्वाचनको स्वच्छतासम्बन्धी कुनै शंका लाग्दैन। यो परिचय पत्रले मतदानको अधिकारलाई कसैले पनि दुरुपयोग गर्न पाउँदैन। 

म एउटा विद्यार्थी भएकाले म यस्तो शासन प्रणाली होस् भन्ने चाहन्छु जस्ाले गुणस्तरीय शिक्ष

Friday, 26 August 2011

गीता शर्मा: मतदाता परिचय पत्र अनिवार्य हुनु उपयोगी

तस्वीर र औला छापसहित नयाँ प्रकारको मतदाता परिचयपत्र पाउनका लागि मैले मेरो स्थानीय जिल्ला नवलपरासीमा रजिष्ट्रेशन गरिसकेँ। यद्यपि, मैले मतदाता परिचय पत्र भने पाएकी छैन। रेडियो, टेलिभिजनबाट मतदाता परिचय पत्र बनाउने अभियानका लागि वृहत रुपमा प्रकाशन प्रशारण भएको थियो।  

मेरो विचारमा मतदान गर्ने बेलामा मतदाता परिचय पत्र अनिवार्य रुपमा हुन पर्छ।  यस्तो किसिमको मतदाता परिचय पत्रले आउँदो निर्वाचनमा फर्जी मत प्रयोग हुन पाउँदैन। त्यसकारण निर्वाचन स्वच्छ मतदान हुनका लागि सहयोगी हुन्छ र त्यसलाई नै लोकतान्त्रिक निर्वाचन भन्न सकिन्छ। मतदाता परिचय पत्रमा तस्वीर र औंला छापले निर्वाचन प्रक्रियामा अप्रिय घटना हुनबाट जोगाउँछ।   

भविष्यमा हुने निर्वाचनका सम्बन्धमा भन्नुपर्दा, हाम्रो देशमा शान्ति र विकासका लागि जुन निर्वाचन प्रणालीले सघाउँ प

Friday, 26 August 2011

मीरा अमात्य: नेपाली प्रेस र राजनीति

नेपाली प्रेस र राजनीति
मीरा अमात्य

पत्रकारिताले समाजको आवश्यकताबमोजिम जनताको मौलिक अधिकारको रक्षा गर्छ । स्वतन्त्र प्रेस लोकतन्त्रका आधारस्तम्भ हो । सुशासनको पनि संवाहक हो –प्रेस । प्रेस स्वतन्त्रताको अर्थ आम नागरिकका सरोकारको विषय पनि हो । शान्ति, न्याय, समानता, विकास, सुशासन एवं मानवअधिकार क्षेत्रमा प्रेसले निरन्तर कलम चलाउँदै आएको छ । यसरी कलम चल्न थालेको प्रजातन्त्रको पुनस्र्थापनापछि नै हो ।

माओवादीको सशस्त्र द्धन्द्ध सुरु भएयता जोखिमपूर्ण अवस्थामा पनि पत्रकारले आफ्नो भूमिका निर्वाह गर्दै आएका छन् । तर कलम चलाएकै आधारमा सशस्त्र द्धन्द्धदेखि अहिलेसम्म पनि पत्रकारमाथि निरन्तर भौतिक आक्रमण भइरहेको छ । माओवादी सशस्त्र द्धन्द्धदेखि अहिलेसम्म ३१ जना पत्रकारको हत्या भइसकेको छ । जसकारण सेल्फसेन्सरसिपको मात्रा पनि बढ्दै गएको अनुभव विशेषगरी मोफसलका पत्रकारले गर्नुपरेको तीतो सत्य हामी सबैका सामु छ ।

शान्ति सम्झौतापछिकै अवस्था हेर्ने हो भने पनि विस्तृत शान्ति सम्झौतापश्चात् हालसम्म एक हजार ६ सय १५ वटा प्रेस स्वतन्त्रता हनन्का घटना भएको तथ्यांक नेपाल पत्रकार महासंघको प्रतिवेदनमा उल्लेख छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले हालै मात्र सार्वजनिक गरेको मानवअधिकार वर्ष पुस्तक २०११ ले व्यावसायिक रुपमा मानव अधिकार उल्लंघनबाट पीडित पत्रकारको संख्या एक सय ३९ रहेको जनाएको छ ।

सञ्चारकर्मी राजनीतिक कार्यकर्ता र नेताका गुन्डागर्दी र धम्कीका मारमा समाचार लेख्न बाध्य छन् । समाचार लेखेकै भरमा पत्रकारलाई मरणासन्न हुने गरी कुटेर उल्टै धम्की दिँदै पुरुषार्थ देखाउने दलीय गुन्डाराजले धाप मार्दै सञ्चारजगत्लाई हाँक दिइरहेका छन् ।

सिद्धान्तकै सवालमा भारतमा भएको अन्ना हजारेको आमरण अनशनभन्दा भिन्न छैन पत्रकारको अभियान । सुशासनका पर्याय पारदर्शिता र सूचनाको हक जस्ता आम जनमानसका सरोकारका विषयलाई कलममार्फत जनसमक्ष प्रवाह गर्ने पत्रकारको कलम अहिले धर्मराएको अवस्थामा छ । दण्डहीनताविरुद्ध समाचार लेखेको भरमा विराटनगरका पत्रकार खिलानाथ ढकालले झन्डै ज्यान गुमाउनुपरेको घटना सेलाउन नपाउँदै अन्न्पूर्ण पोष्टका संखुवासभा समाचारदाता किशोर बुढाथोकीले त्यस्तै नियति भोग्नुप¥यो । पत्रकार ढकालमाथि आक्रमण गर्ने पर्शुराम बस्नेतमाथि प्रशासनका आँखा अझै पर्न सकेको छैन । धम्की र आक्रमणका दोषीको किटानी जाहेरी दिँदासम्म पनि प्रहरी प्रशासनले  अपराधी पक्रने हिम्मत गदैन । केवल मूकदर्शक बनिरहेको छ –प्रशासन ।

संख्यात्मक आकंडा हेर्ने हो भने १० हजारको हाराहारीमा पत्रकार छन् तर उनीहरुका अगाडि एक्लो महेश बस्नेत । एउटा कलमले एक हजार तलबारले भन्दा बढी शत्रु परास्त गर्न सक्छ भने आहान छ तर यहाँ राजनीतिक संरक्षण प्राप्त एक व्यक्तिले हजार पत्रकारलाई धम्की दिइरहेको अवस्था छ । पत्रकारको सुरक्षा हो यो ? आफूले प्रयोग गर्न नपाएका पत्रकारको सुरक्षामा ध्यान दिन सरकारले चासो दिँदैन भन्ने कुरा प्रमाणित भएकै हो त ? जब प्रेसमाथि दमन हँुदा विश्वकै प्रेस जुर्मुराउँछ त्यतिबेला कुनै पनि अधिनायकवादी शक्तिले आफ्नो सत्ता जोगाउन सकेको इतिहास छैन । नेपालमा २०६० माघ १९ मा जब तत्कालीन राजा ज्ञानेन्द्रले कु गरे तब त्यसको मार प्रत्यक्ष रुपमा प्रेसमाथि प¥यो । अन्तत ः दुई सय ४० वर्षको इतिहास बोकेको राजसंस्था धराशायी बन्यो ।

भारतकै राजनीतिक इतिहास हेर्ने हो भने पनि अंग्रेजको पञ्जाबाट भारतलाई स्वतन्त्र गराउन तत्कालीन भारतीय प्रेसको भूमिकालाई अझै पनि स्मरण गरिन्छ । यहाँ पनि दलका मसिहाहरुले चर्चामा आउन र सत्तामा छिट्टै पुग्न पे्रसमाथिको आक्रमण गरी छापामा छाउने कसरत गरेको हुन सक्छ । पे्रसमाथि टेकेर उचाइमा पुग्ने कल्पनामा रमाउनेहरुलाई किन सरकारले तह लगाउन सक्दैन ? यस्तो अवस्थामा लोकतान्त्रिक शासन व्यवस्था सुदृढ गर्न दलहरुले चालेको कदम उचाइमा पुग्न सक्ला र ?

काठमाण्डौ

Sunday, 25 September 2011

Title *
Name *
Content *
Image Verification * Captcha ImageReload Image
   
 

 

Display Num 
 
 
 
 
Follow us on Twitter