You are here:: हाम्रो बारे
 
 

वेवसाइट बारेमा

E-mail Print PDF

'नेपाल इलेक्सन च्यानल डट ओआरजी' वेवसाइट एउटा साझा मन्च हो। यो वेवसाइट, पत्रकार तथा संचारमाध्यममा निर्वाचनसँग सम्बन्धित निकाय तथा विशेषज्ञ, बुद्धिजीवि, अन्तर्राष्ट्रिय समुदाय र अन्य सरोकारवालाहरु एवं सर्वसाधारणका निम्ति तयार पारिएको हो।

यस इ-वेवसाइट च्यानलमा निर्वाचनका सम्बन्धमा मिडियाले प्रकाशन, प्रसारण गरेका समाचार एवं अन्य सामग्री देशभरी रहेका पत्रकारहरु मार्फत् फोन, इमेल र एस्एम्एस्बाट प्राप्त हुनेछन्। यो नागरिक पत्रकारिताको एउटा प्रभावकारी संजाल हो।

वेवसाइटका उद्देश्यहरुः

  • आगामी निर्वाचन र मिडियाको अवस्थाको अनुगमन गरी वेभसाइट मार्फत् सार्वजनिक गर्ने।
  • पत्रकारहरुद्धारा तयार गरिएका निर्वाचनसम्बन्धी लेखरचना, समाचारहरु इमेल, एसएमएसद्वारा सजिलै उपलब्ध हुने प्लेटफर्म उपलब्ध गराउने
  • निर्वाचनका क्षेत्रमा विशेषज्ञता हासिल गरेका बुद्धिजीविहरुका निर्वाचन र मिडियासम्बन्धी समय सार्न्दर्भिक अभिव्यक्ति, विचार, एवं लेख रचनाहरु प्रकाशन  गर्ने तिनका विषयमा पाठकहरुका प्रतिक्रियाहरु प्राप्त गर्ने र छलफल चलाउने।
  • वेभ साइटका माध्यमबाट निर्वाचनका समयमा प्रेस स्वतन्त्रताविरुद्ध भएका हिंसा एवं अक्रमणहरुलाई सम्प्रेषण गर्ने।
  • नागरिक अधिकार हनन भएका विषयको रिपोर्ट गर्ने।
  • यस सामाजिक संजालमार्फत् निर्वाचन र मिडियासम्बन्धी विषयमा पत्रकारहरुलाई विशेषज्ञहरुसँग प्रत्यक्ष छलफल गर्न पाउने थलो उपलब्ध गराउने।
  • पत्रपत्रिकाहरुद्वारा प्राप्त निर्वाचनसँग सम्बन्धित समाचारहरुको अभिलेखीकरण दुरुस्त राख्ने।
  • निर्वाचनसम्बन्धी ऐन कानुन र यसका प्रावधानहरु, पत्रकार आचारसंहितालाई प्रकाशन गर्ने।
  • फ्रिडम फोरमलगायत विभिन्न संघसंस्थाबाट पत्रकारहरुका लागि आपतकालिन सहयोग गर्न संचारमाध्यमको रुपमा काम गर्ने।
  • निष्पक्ष, स्वतन्त्र निर्वाचनका लागि स्रोत केन्द्रका रुपमा अनलाईन पुस्तकालयमार्फत् पत्रकार र वकालतकर्ता एवं अधिकारकर्मीलाई सेवा पुर्‍याउने।


यस वेवसाइटमार्फत् निर्वाचन र मिडियाका सम्बन्धमा सक्रिय छलफल चलाइने छ।

साथै, यसको अभिलेखालयमा निर्वाचन र राजनीतिक समाचार संकलनमा सक्रिय संचारकर्मीहरुका लागि उपयोगी हुने ऐन नियम, पत्रकार आचारसंहिता, निर्वाचन अनुगमनका क्रियाकलाप विशेषज्ञहरुका विचारहरु  तथा राष्ट्रिय र अर्न्तराष्ट्रिय सन्दर्भ सामाग्रीहरु राखिन्छन्।  

यस वेवसाइटमा निर्वाचनसम्बन्धी रिर्पोटिङ् गर्दा आइपर्ने दूर्व्यवहार, आक्रमणलाई पनि अभिलेख गरिन्छ। यस 'वेभको पोर्टल'ले निर्वाचन प्रक्रियासँग जोडिएका राजनीतिक मुद्दाका मुख्य विषयहरुका बारेमा प्रस्तुत गरिने समाग्रीहरु पनि उपलब्ध गराउँछ। पत्रपत्रिकाहरु छापिएका, अनलाइन मडिया प्रवाह भएका निर्वाचनसँग सम्बन्धित समाचारहरु स्वतः अपलोड हने व्यवस्था छ।  

नेपाल लामो समयदेखि संक्रमणकालबाटै गुजि्रदै आएको छ। तत्काल नै निर्वाचन भइ हाल्ने संकेत त देखिएको छैन। तर राष्ट्रिय निर्वाचन आयोगको पहलमा निर्वाचन प्रक्रियासम्बन्धमा धेरै कामहरु भइरहेका छन्। निर्वाचन आयोगले विद्युतीय माध्यमबाट मतदाताको तस्वीरसहितको परिचयपत्र बनाउने काम गरिरहेको छ। यद्यपि, मतदाता संकलन अभियानको कामलाई तराईका केही जिल्ला एवं पूर्वी पहाडि जिल्लाका केही स्थानमा राजनीतिक दलका भातृसंघ संगठन एवं जातीय समूहद्धारा अवरुद्ध पारिएको थियो।

यस वेवसाइटमा निर्वाचन प्रक्रियासँग सम्बन्धित सामाचारहरु र मिडियाकर्मीमाथि हने कुनै किसिमका आक्रमण, दूर्व्यवहारसम्बन्धी समाचारहरु नेपाली र अंग्रेजी भाषामा नियमित रुपमा अपलोड गरिने छ। यी वेवसाइटबाट नेपाली र अंग्रेजी भाषी समान किसिमले लाभान्वित हुनेछन्। यस वेवसाइटमा निर्वाचनसँग सम्बन्धित संघसंस्थाहरु, मिडियाकर्मी, संचारमाध्यमहरु, विभिन्न सरकारी संयन्त्र, राष्ट्रिय र अर्न्तराष्ट्रिय संघसंस्थाहरुले पहुँच पाउने छन्। उनीहरुले निरन्तर सम्बन्धित विषयका सर्न्दभ सामग्रीहरु र पत्रकारहरुसँग प्रयोग गर्न पाउँछन्।  

लोकतन्त्रका बहुआयामिक क्षेत्रहरु, निर्वाचन प्रक्रिया, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, र नेपालमा मिडियाको अधिकार लगायतका विविध क्षेत्रमा कार्यरत फ्रिडम फोरमले यस वेवसाइट निर्माणको जिम्मेवारी बहन गरिरहेको छ। फ्रिडम फोरमले सन् २००५ देखि नागरिक स्वतन्त्रता, शसक्तीकरण, भ्रष्टचारमुक्त, पारदर्शी र जवाफदेही समाज बनाउन काम गर्दै आएको छ। यी लक्ष्यहरुसँगसगै यस संस्थााले आगामी निर्वाचनका समयमा पत्रकारमाथि हुन सक्ने दूर्व्यहार आक्रमण, मानव अधिकार एवं नागरिक स्वतन्त्रता उल्लघन, संचार माध्यमविरुद्ध गरिने हिंसाहरुका सम्बन्धमा अनुगमन गर्ने छ।

यो वेभसाइट इन्टरन्यूजको सहयोगमा तयार गरिएको हो। यसमा एन्टिनामा फाउन्डेस नेपालको सहकार्य रहेको छ। इन्टरन्यूज सन् १९८२ मा स्थापना भएको अमेरिकी संस्था हो। यसले  मिडियाको विकासका लागि विश्वव्यापी रुपमा स्थानीय स्तरबाटै मिडियालाई सक्षम बनाउँदै जनतामा समाचार र सूचनामा पहुँच बढाउनका लागि काम गर्छ। साथै यस संस्थाले जनताका आवाजलाई सुन्ने तहमा पुर्याउनका लागि पनि कार्य गर्दै आएको छ।

 
 

Comments

 
 
Follow us on Twitter